शिवसताक्षी , पुष २१ । आज दिउँसो शिवसताक्षीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
दिउँसो २ः५० बजे शिवसताक्षी २ हिमाली चोक बस्ने बिष्णु कार्कीका ११ वर्षिय छोरा विवेकको घरदेखि ५सय मिटर उत्तर रहेको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पानीमा डुबेको आफन्तले देखेपछि उद्धार गरेर उनलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।