बिर्तामोड, पुष २२ । गएराति बिर्तामोड ३ का कृष्णबहादुर दाहालको करिव दुई विगाह खेतको परालमा अज्ञात ब्यक्तिले आगो लगाइदिएर नष्ट पारेका छन् ।

बिर्तामोड–भद्रपुर सडकको छेऊमा रहेको परालको कुन्युमा राति २ बजेतिर कसैले आगो लगाइदिएका हुन् । बाटो हिड्ने ब्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशंका गरिएको छ ।आगलागीबाट करिव १५ हजार मूल्य बराबरको क्षति भएको बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । केही दिनयता धान र परालको कुन्युमा आगजनी गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्