दमक, पुष २२ । दमकका सबै क्वारेन्टाइन बन्द गरिएको छ ।

दाहाल प्रतिष्ठान, साइन्स ल्याबसहितका क्वारेन्टाइन बन्द गरिएका हुन् । कोभिड अस्पतालमा पनि बिरामी निको भएर फर्किएका छन् । अहिले अस्पतालमा बिरामी छैनन् । अहिले २२ जना मात्रै सकृय संक्रमित छन् । मंगलबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएका सबै ३५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोभिड अवधिभर दमकमा ९ महिलासहित ३५ जनाको मृत्यु भएको थियोे । दमकमा अहिलेसम्म ११८४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २२ जना सकृय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्