भद्रपुर , पुष २३ । झापाको भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७–७८ को साउनदेखि मंसिर मसान्तसम्मको ५ महिनाको अवधिमा लक्ष्यनजिक १५ करोड ७१ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आगामी असार मसान्तसम्मको ६ महिनाको अवधिभित्र एकमुष्ठ १६ करोड ६५ लाखभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले विगत ५ महिनामा १५ करोडमाथि राजश्व संकलन गर्न सफल भएको हो । कार्यालयले विगत बर्षहरुको दाँजोमा यस आवमा केही बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।

गत चैत्र महिनादेखि असारसम्म रहेको निरन्तर लकडाउनका कारण राजश्व असुलीमा समस्या रहेकोमा पछिल्लो समयमा कोभिडको सामान्य असर परेपनि त्यस्तो खासै समस्या नभएको कार्यालय प्रमुख प्रमोद पौडेलले बताए ।
उनले सरकारको बार्षिक नीति तथा कार्यक्रमभित्र रहेर विभागको निर्देशनअनुसार यस अवधिमा व्यापारलाई सहजीकरण गर्दै राजश्व असुलीमा आफूहरु निरन्तर लागिरहको जानकारी दिए ।
गत असार मसान्तसम्मको एक आवमा १४ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।नेपालको भारतसंग सीमा जोडिएका गलगलिया ,ठाकुरगन्ज ,सिलगुडीलगायतका स्थानहरुबाट कपडा ,चिया प्रशोधनमा प्रयोग गरिने सामग्री , उद्योगका मेशिनरी पार्टपुर्जालगायतका सामानहरु यस नाकाबाट आयात हुने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्