दमक, पुष २४ । दमक–रवि सडकमा ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ सो सडकअन्तर्गत मासेबुङ भोटेडाँडा सडक खण्डमा रविबाट दमकतर्फ आउँदै गरेको ना ३ ख २०३ नं. को ट्रक अनियन्त्रित भई २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक पाँचथर मिक्लाजुङक ४ का ३५ बर्षिय किरण राईको मृत्यु भएको हो । गम्भीर घाईते राईलाई उपचारका लागि दमकतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चालक ताप्लेजुङ डाँडागाउँ १ का २० बर्षिय प्रमोद श्रेष्ठ सामान्य घाईते भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्