गौरीगञ्ज , पुष २४ । झापाको गौरीगञ्ज गाउँपालिकाले महान पर्व सोहराइको उपलक्ष्यमा सन्थाल समुदायलाई स्थानीय विदा दिने भएको छ ।

सन्थालहरुको महान पर्व सोहराइको उपलक्ष्यमा पुष २५ गतेदेखि २७ गतेसम्म सन्थाल समुदायका कर्मचारी तथा विद्यार्थीहरुलाई स्थानीय विदा दिने भएको हो । गत पुष ३ गतेको कार्यपालिका बैठकले सो निर्णय गरेको गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्