भद्रपुर, पुष २४ । लागु औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकी शंकास्पद अबस्थामा रहेका मेचीनगर १५ बस्ने ३८ वर्षिय सुनला राजवंशी र सोही ठाउँका ३२ वर्षिय उत्तम राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले २६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्