गौरादह ,पुष २५ । गौरादह नगरपालिकाको वडा नं ७ र ९ लाई जोड्ने किस्ने खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको बजेटले सो पुल बन्ने भएको हो । ढोडिया गाउँमा बन्ने २० मिटर लामो त्यस पुलमा सामाजिक तथा प्राविधिक सहयोग सहारा नेपालको रहनेछ ।पुलको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हिजो शिलान्यास गरे । कार्यक्रममा प्रदेश सांसद झलकसिंह दर्लामीको पनि उपस्थिति रहेको थियो । पुल नहुँदा आवतजावतमा समस्या रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्