बिर्तामोड , पुष २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा शंकास्पद वस्तु फेला परेको छ ।

पाउ पाथीभरा मन्दिर अगाडि शंकास्पद वस्तु फेला परेको हो । झोलाभित्र फेला परेको वस्तुलाई नेपाली सेनाले निश्क्रिय पार्न खोज्दा थोत्रा कपडा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । सो वस्तु बम भएको भन्दै केही समय त्रास उत्पन्न गराएको थियो ।