झापा , पुष २५ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले शनिबार देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा गरेको छ ।

यसक्रममा नेपाली कांग्रेस केन्द्रीय समितिले तय गरेको कार्यक्रमअन्तरगत शनिबार झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न भएको हो । झापा क्षेत्र नं १ क को मेचीनगर, ख को चारआली, झापा क्षेत्र नं २ क को गरामनी बजार, ख को खुदुनाबारी, झापा क्षेत्र नं ३ क को भद्रपुर बजार, ख को राजगढ बजार, झापा क्षेत्र नं ४ क को शिवगञ्ज बजार, ख को सुरुङ्गा बजार, झापा क्षेत्र नं ५ क को गौरीगञ्ज बजार र ख को दमक बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको हो ।
झापा क्षेत्र नं १ अन्तरगत मेचीनगर र चारआलीमा आयोजित वेग्लावेग्लै कार्यक्रमका प्रमुख वक्ता केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसकै नेतृत्वमा बनाइएको संविधानको संरक्षण गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै काँधमा रहेको भन्दै संविधान विपरित विघटन भएको संसद पुनस्र्थापना कांग्रेसको मुख्य लक्ष रहेको बताए । संसद विघटनका विरुद्ध एकजुट भएर सडकमा आउन उनले लोकतन्त्रवादी जनसमुदायलाई आग्रह गरे ।

क्षेत्र नं १ प्रदेश क का सभापति हर्क फियाकको सभापतित्वमा सम्पन्न मेचीनगरमा आयोजित कार्यक्रममा प्रमुख वक्ता केन्द्रीय सदस्य बुढाथोकी, संविधानसभा सदस्य उषा गुरुङ, केशवराज पाण्डे, हिक्मत बस्नेतलगायतले बोलेका थिए । विभिन्न नाराजुलुससहित धुलाबारी बजार परिक्रमापश्चात कोणसभामा परिणत भएको सभाको सञ्चालन बद्री खड्काले गरेका थिए ।त्यस्तै झापा क्षेत्र नं १ प्रदेश ख ले झापाको चारआली बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति सिता घिमिरे पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बुढाथोकी, प्रेम सम्बाहाम्फे, गोमा भटराईलगायतले बोलेका थिए ।
यसैगरी झापा क्षेत्र नं २ प्रदेश क ले गरामनीमा विरोध र्याली तथा कोणसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र झापा सभापति उद्धव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ सभापति सुशिला ढकाल, महासमिति सदस्य सिता पौडेल, जलकुमार गुरुङ, भोजराज सिटौलालगायतले मन्तब्य राखेका थिए । कार्यक्रमका अधिकांश बक्ताहरुले नेकपाको विवाद ब्यवस्थापन गर्न नसक्दा ओली नेतृत्वको सरकारले सनकको भरमा गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै संविधानको संरक्षण र भ्रष्टाचारको विरोधका लागि कांग्रेस सडकमा आएको बताएका थिए । प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेका थिए ।
झापा क्षेत्र नं २ प्रदेश ख ले खुदुनाबारी बजारमा विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । कांग्रेस कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको र्याली खुदुनाबारी बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कोणसभामा खड्ग प्रसाई, खगेन्द्र मैनाली, हेमराज खरेललगायतले बोलेका थिए भने सञ्चालन शेखर बनले गरेका थिए ।
यसैबीच झापा क्षेत्र नं ३ क को भद्रपुर बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । भद्रपुरको सिटी गार्डेनबाट नाराजुलुससहित निस्किएको र्याली भद्रपुर बजार परिक्रमापछि विरोधसभामा परिणत भएको थियो । प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति चिन्तामणि खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भूमि राजवंशी, गणेश पोखरेल, शर्मिला अधिकारीलगायतले बोलेका थिए । झापा क्षेत्र नं ३ ख ले राजगढ बजारमा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । हजारौं कांग्रेस कार्यकर्ताको सहभागितामा विभिन्न नारासहित बजार परिक्रमापछि आयोजित विरोधसभामा भगिरथ पोद्धार, दयानन्द गोश्वामी, उर्मिला गौतम, भुपाल बस्नेतलगायतले बोलेका थिए । प्रदेश क्षेत्रीय सभापति नवीन विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश गौतमले गरेका थिए ।

यसैगरी झापा क्षेत्र नं ४ क ले शिवगञ्ज बजारमा विरोध र्याली तथा कोणसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौलाको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति कमल भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा किरण भट्टराई, सिताराम भट्टराई, कार्तिकलाल राजवंशी, पर्शुराम ढुङ्गाना, जयकुमारी चेम्जोङ, पदमबहादुर थापालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नरेन्द्र बस्नेतले गरेका थिए । झापा क्षेत्र नं ४ ख ले सुरुङ्गा बजारमा विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । कांग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा नाराजुलुससहित बजार परिक्रमापश्चात आयोजित विरोधसभालाई देउकुमार थेवे, गोपाल उप्रेती, सुन्दरा लुहागुनलगायतले सम्बोधन गरेका थिए । प्रदेश क्षेत्रीय सभापति भीम राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिव कँडेलले गरेका थिए ।

त्यस्तै झापा क्षेत्र नं ५ क ले गौरीगञ्ज बजारमा विरोधसभा सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति रोहित शाहको सभापतित्वमा सम्पन्न सभामा अनिलकृष्ण प्रसाई, देवी राजवंशी, रामकुमारी पौडेल, घनश्याम रिजाल, दिपिन्द्र थापा, मखना महतो, यादवराज सेढाईलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सूर्यभक्त सिटौलाले गरेका थिए ।
झापा क्षेत्र नं ५ ख ले भने सांकेतिक विरोधस्वरुप बयलगाडासहितको विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । प्रधानमन्त्रीको संसद विघटनको निर्णय र भ्रष्टाचारमा संलग्नको संरक्षणले प्रधानमन्त्रीको समृद्धिको सपना बयलगाडा यात्राजस्तै भएको सांकेतिक अर्थसहित वयलगाडा र्याली सम्पन्न गरिएको क्षेत्रीय सभापति ढुण्डि भण्डारीले जानकारी दिए । ओलीले प्रधानमन्त्री हुनुअगावै ‘संविधानसभाबाट संविधान बनाउने कार्य बयलगाडामा अमेरिका जानुजस्तै हो’ भनी दिएको अभिब्यक्तिको ब्यङ्गस्वरुप बयलगाडा र्याली निकालिएको जनाइएको छ । कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको र्यालीमा बयलगाडा आसपासमा सेल्फी खिच्ने समेत पर्याप्त देखिएका थिए । कालो पट्टी र विभिन्न नारासहित बजार परिक्रमा गर्ने क्रममा विभिन्न ठाउँमा कोणसभा र संसद विघटनले निम्त्याएको संकट तथा प्रधानमन्त्रीको असंवैधानिक कदमबारे बक्ताहरुले धारणा राखेका थिए ।

प्रदेश क्षेत्रीय सभापति पदम लिम्बूको सभापतित्वमा सम्पन्न कोणसभामा दिलबहादुर बुढाथोकी, सुरेश सुब्बा, राजेन्द्र भण्डारी, ढुण्डिराज भण्डारी, पूर्णानन्द शर्मा, शेरबहादुर भटराई, रेगिना प्रसाई, राजनबहादुर ढुङ्गाना, रवि के.सी, रोशन विष्ट, मन्दरा पौडेल, खगेन्द्र पाण्डव अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन धर्मानन्द भट्टराई र चुरेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्