बिर्तामोड ,पुष २६ । कृषि उपज थोक बजार बिर्तामोडको बजार ब्यबस्थापन समितिको अध्यक्षमा कमलप्रसाद पौड्याल निर्वाचित भएका छन् ।

व्यवस्थापन समितिको लागि ६ जना निर्वाचित सदस्यबाट उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । कृषि उपज बजार ब्यबस्थापन समितिको सदस्य पदमा कृषक समूहतर्फबाट बिर्तामोडका पौड्याल, कनकाईका हरि सिलवाल र महिला सदस्यमा अर्जुनधाराकी बृन्दा लुईटेल निर्वाचित भएका थिए । त्यस्तै ब्यापारीहरुमध्येबाट ३ जना सदस्य निर्वाचित भएका थिए । निर्वाचित हुनेहरुमा पार्वती चुँडाल ज्योति , खगेन्द्र महतो र धर्म बराल रहेका छन् । उनीहरुमध्येबाट पौड्याललाई अध्यक्ष बनाइएको हो । समितिमा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन पदेन सदस्य रहनेछन् ।दश वर्षपछि कृषि उपज थोक बजार बिर्तामोडमा निर्वाचन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्