कुमरखोद, पुष २६ । झापा गाउँपालिकाको एउटै वडामा हातीपाईलेका ७ जना विरामी भेटिएका छन् ।

झापा गाउँपालिकामा पछिल्लो समयमा हात्तीपाईले रोगको संक्रमण भएको क्षेत्रमा पुनः उक्त रोगको रगतको सेम्पल परीक्षण गर्दा एउटै वडाका ७ जना व्यक्तिमा हात्तीपाईले पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा नियन्त्रण कार्यालय हेटौंडाका भेक्टर कन्ट्रोल निरिक्षक कुमार पोखरेलका अनुसार झापा गाउँपालिकाको वडा नं २ को तीनवटा टोलमा एकसय जनाको दरले रगत परीक्षण गर्दा ७ जनामा हात्तीपाईले पोजेटिभ देखिएको हो ।

तीनवटा टोलको सेम्पल परीक्षण गर्दा ६ जना , झापा बजारमा १ जनालाई हात्तीपाईले पोजेटिभ देखियो भने नरिवल टोलमा सवै जनाको नेगेटिभ देखिएको हो । पोखरेलले ३ सय जनाको रगत परीक्षण गर्दा २ प्रतिशत भन्दावढी भएकोले ६ महिनापछि फेरि प्रिटेष्ट गर्ने र थप २ राउन्ड औषधी खुवाउनु पर्ने बताए ।

सर्वसाधारणमा यो रोगको सचेतनामा कमी हुँदा यसअघि झापामा संचालन गरिएको औषधी सेवन कार्यक्रम दुईपटक असफल भैसकेको भन्दै यस वर्ष हात्तीपाईले रोग उन्मूलन गर्न लागिपर्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनले सन् २०३० भित्र विश्ववाट हात्तीपाईले रोगको उन्मूलन गर्ने लक्ष्य लिएको समेत जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्