दमक , पुष २६ । एड्भान्स अस्पताल दमकमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. अनुप पोखरेलको टीमले जटिल खालको सफल शल्यक्रिया गरेको छ ।

झापा शिवसताक्षी नगरपालिका वडा नं ६ शिवगञ्जका बिनोद यादवको हिपको जोर्नीको शल्यक्रिया गरिएको हो । कम्मरका दुवै भागमा रहेको जोर्नीको नशा फुटेर सुकिसकेको अवस्थामा उपचारका लागि आएका यादवको शल्यक्रियामार्पmत जोर्नी फेरिएको अस्पतालका हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. पोखरेलले बताए ।
अत्यधिक मादक पदार्थ सेवनका कारण नशा फुटेर यादवको जोर्नी सुकेको थियो । जोर्नीको हड्डी सुकेर खुट्टा नै छोटो भईसकेको अवस्थामा शल्यक्रिया गरी अहिले सामान्य अवस्थामा ल्याईएको डा. पोखरेलले बताए । ४० बर्षकै उमेरमा हिँडडुल गर्न नसक्ने भएका यादवलाई अहिले उपचारपछि सामान्य अवस्थामा ल्याईएको छ । उनले अब निको भईसकेपछि अन्य सामान्य व्यक्तिसरह काम गर्न सक्ने डा. पोखरेलले बताए । यो शल्यक्रिया धरानको घोपा क्याम्पमा गरिने भएपनि प्रदेश १ का निजी अस्पतालहरुका लागि नौलो भएको उनले बताए । शल्यक्रिया गरेको तीन दिनमै हिँड्न सक्ने अवस्थामा पुगेको बिरामी यादवले बताए । उठबस गर्नै नसक्ने अवस्थामा पुगेको आफूलाई डा. पोखरेलले नयाँ जीवन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्