भद्रपुर,पुष २७ । साहित्यकार भानुभक्त कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” उपन्यासकोे विमोचन गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औँ जन्मजयन्तीको अवसर पारेर चन्द्रगढीमा सो उपन्यासको विमोचन गरिएको हो ।
लेखनाथ वाचनालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा सरोज ओलीले उपन्यासको विमोचन गरे । वाचनालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा अग्रज साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले कुभिण्डेलीको व्यक्तित्व र कृतिको समीक्षा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्