माई , पुष २७ । माई नगरपालिका वडा नम्बर–२ मा कार्यरत वडा सचिव बन्दना लुईटेललाई माई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले संकलन गरेको रकम उपचारको लागि प्रदान गरिएको छ ।

कर्मचारी र नगरपालिकाले संकलन गरेको २ लाख १२ हजार रुपैयाँ आईतबार मेयर दिपककुमार थेबेले बन्दनाको परिवारलाई प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । गत पुष १५ गते उपचारकै लागि बिर्तामोडतर्फ जादै गर्दा मोटरसाईकलबाट बेहोस भई लडेपछि उनको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारका लागि बिएण्डसी हस्पिटल लगिएकी लुईटेलको टाउकोको अप्रेसन गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्