सपना आचार्य,
माई । इलामको माई नगरपालिकामा उद्यमशीलता विकास तालिम प्रदान गर्न थालिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आठदिने उद्यमशीलता विकास तालिम प्रदान गरिएको हो । माईका सबै वडाका सहभागी रहनेगरी माईका ४ स्थानमा तालिम सञ्चालन गरिएको छ । आईतबार माई ६, ७ र ८ नम्बर वडाका २४ जना सहभागीहरुलाई सीपमुलक, सीप अभिबृद्धि तथा उद्यमशीलता विकास तालिम दिइएको छ ।

तालिममा लघु उद्योग प्रबद्र्धन तथा व्यवसाय गर्न इच्छुक ब्यक्तिहरुलाई सहभागी गराईएको समापन कार्यक्रमका प्रमुख अतिथि माई नगरपालिका प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले जानकारी दिए । तालिम समापनमा बिशेष अतिथि रहेका माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले सीप विकासपछि समुदायमा नै दक्षशक्ति उत्पादन हुने भएकाले तालिमको महत्व रहेको बताए । समापन कार्यक्रमको अध्यक्षता गरेका वडा नम्बर ७ का वडाध्यक्ष रामप्रसाद सदेम्वाले कृषि र पशुपालन व्यवसाय तथा आधुनिक सीपको प्रयोगबाट सम्बृद्ध माई निर्माणमा सहयोग पुगेको धारणा राखे । सलिना बिसी र दिपेन्द्र सुब्वा (संगम) ले सहजीकरण गरेको कार्यक्रमको समापनमा करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहाल, सहभागीहरु कल्पना केरुङ, पवन राईलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्