दमक, पुष २७ । धिमाल जातिय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् ।

सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो । २०५० सालमा स्थापित सो केन्द्र धिमाल समुदायको एकमात्र जातिय सामाजिक संस्था हो ।
सर्वसम्मत निर्वाचित समितिको सहअध्यक्षमा कृष्णबहादुर ,अम्बरवहादुर,वरिष्ठ उपाध्यक्ष नम्बरलाल र पाँच जना उपाध्यक्षहरुमा क्रमशः वर्तबहादुर, केदार,खड्गबहादुर,शान्तिदेवी र कविराज धिमाल चुनिएका छन् । त्यस्तै,महाधिबेशनले केन्द्रको महासचिवमा केदार ,सचिवद्वयमा रुकमणि र गिरीराज तथा कोषाध्यक्षमा रत्नबहादुर धिमालसहित अन्य २२ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको गठित निर्वाचन समितिका संयोजक रामबहादुर धिमालले बताए । उनका अनुसार केन्द्रीय सदस्यहरुमा दयाराम,गंगाराम,गिता,सविता,तिलक,प्रथम,लेखलाल,मोहन,हरिप्रसाद,नारायण,मुखमेल,प्रतिमा,रत्निमाया,गजेन्द्र,नत्रेकुमारी,प्रदिप,सुरेन्द्र,विक्रेन्द्र,सुनिल,खगेन्द्र,मञ्जु र रोमान्सी धिमाल चुनिएका छन् ।
पूर्वको झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमाल समुदाय करिव ५० हजारका हाराहारीमा रहेको अनुमान छ । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ ।



