झापा, पुष २८ । हिजो बेलुका झापाको दमक नगरपालिका वडा नं.३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा एक शरणार्थी बृद्धको जलेर मृत्युु भएको छ ।

शिविरको सेक्टर डि ४ हट नं ३२५ का ६० वर्षिय देशमान राईको मृत्युु भएको हो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा प्यारालाईसिसको बिरामी भई घरभित्रै सुतिरहेका राईको घट्नास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण थाहा हुन सकेको छैन । आगलागीबाट छाप्रा, छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद तीन लाख, खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट हुँदा आठ लाखबराबरको क्षति भएको जनाइएको छ । उक्त आगलागी स्थानीय ,नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा राति सवा ८ बजेतिर नियन्त्रणमा आएको थियो । मृतक लाशलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्