सपना आचार्य,
माई इलाम । खुट्टामा लागेको सानो चोटले गम्भीर अबस्थामा पुर्याएपछि उपचारका लागि इलामकी सिम्रन आङवो लिम्बुलाई प्रवासी नेपालीहरुले सहयोग गर्न थालेका छन् ।

माई नगरपालिका–२ कबैधापका अमृत आङ्बो लिम्बुकी ६ बर्षिया छोरी सिम्रनकोे उपचारमा सहयोग पुग्नेगरी माईका मेयर दिपककुमार थेबेले सोमबार नगद सहयोग गरेका हुन् । प्रवासी इलामेली सेवा समाज कुबेतका संयोजक चक्र राईमार्फत संकलित दश हजार रुपैयाँ माईका मेयर थेबेले पीडितको घरमै पुगी परिवारलाई प्रदान गरेका हुन् । प्रवासी इलामेली सेवा समाज कुवेतबाट प्राप्त नगद करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक तथा पत्रकार विमल दहाललाई उपलब्ध गराईएको थियो । गत मंसिर १५ गते ढुङ्गामा ठोकिएर खुट्टामा चोट लागेकी सिम्रनको अबस्था जटिल भएपछि झापा भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार गर्न लगिएको थियो । विपन्न परिवारकी सिम्रन स्थानीय बालकल्याण आधारभूत विद्यालयमा कक्षा–१ म अध्ययनरत थिईन् ।

यसैबीच सिम्रनको उपचारका लागि माई नगरपालिका, युएई लगायतबाट समेत सहयोग प्राप्त भएको जनाईएको छ । स्वास्थ्यमा केही सुधार भएकी सिम्रनको थप उपचारका लागि देश बिदेशका दाताहरुलाई सहयोगको बुवा अमृतले अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्