दमक, पुष २८ । तीन महिनाअघि मोटरसाइकल दुर्घटनाबाट थलिएका इलाम चुलाचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पूर्णकुमार लावती ( धु्रव ) लाई लावती परिवारले १ लाख ५० हजारवढी आर्थिक सहयोग उपलव्ध गराएका छन् ।

वडाध्यक्ष लावतीको उपचारमा सघाउ पु¥याउन झापा दमकका लावती परिवारहरुद्वारा स्थापित कुरुम्बेली समाज सेवा संघको सक्रियतामा संकलित रकम १ लाख ६६ हजार २ सय ४० रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष ऐमानसिंह लावतीले बताए । उनका अनुसार कुरुम्बेली समाज सेवा संघबाट १ लाख ५ हजार ५ सय ५ र यूकेमा बस्दै आएका लावती परिवारवाट ६० हजार ७ सय ३५ रुपैयाँ संकलन भएको थियो । संकलित सहयोग रकम मंगलबार दमकमा एक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको हो ।
गत कार्तिक ९ गते इलामको चुलाचुलीदेखि दमक आउने क्रममा उनी मोटरसाईकल दुर्घटनामा परेका थिए । दुर्घटनाका कारण उनको टाउको पछाडिको नशामा समस्या भई हाल दमकको एक फिजियोथेरापीमा उपचाररत छन् । नशाका समस्या कारण उनी हिडडुल गर्न सक्दैनन् । उपचारका क्रममा हालसम्म ८ लाखबढी खर्च भइसकेको र थप उपचार गर्न आर्थिक समस्या भएपछि पीडित परिवारले सहयोगको याचना गर्दै आएका छन् ।
त्यस्तै,पक्षघात भई उपचाररत दमक ६ का मानबहादुर लावतीलाई समेत यूकेवाट उपलव्ध भएको ६० हजार ७ सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको कुरुम्बेली समाज सेवा संघका सचिव धिरेन लावतीले बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कुरुम्बेली समाज सेवा संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।



