भद्रपुर, पुष २८ । झापा जुडो विद्यालयमा अध्ययनरत ५ जना जुडो खेलाडीलाई न्यानो कपडा तथा खेल पोशाक प्रदान गरिएको छ ।

नेपाल जुडो संघका पूर्व महासचिव रामकुमार अधिकारीले आफ्नी आमाको स्मृतिका दिन पारेर दिइएको न्यानो कपडा र खेल पोशाक झापा जुडो संघ मातहतको विद्यालयमा आबद्ध खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
हाल जापानमा रहेका अधिकारी म्यारोन ट्रेडिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर पनि हुन् । सोही कम्पनीमार्फत जुडो खेलाडीलाई सहयोग गरिएको प्रशिक्षक गंगा खड्काले जानकारी दिए ।
जुडो संघ झापाका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीविक्रम राईको अध्यक्षता तथा समाजसेवी गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्व शिक्षा अधिकारी उद्धव विष्ट, जुडो खेलाडी किरण काफ्लेलगायतले शुभकामना मन्तव्य राख्दै नेपाली खेलजगतमा जुडो खेलले इतिहास रच्दै गएको धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्