झापा , पुष २९ । जातीय परिकार भक्काको स्वाद लिदै झापाका राजवंशीहरुले आज भक्का दिवस मनाएका छन् ।

पुष महिनाको जाडोमा सामूहिक रुपमा भक्का खाएर–खुवाएर उनीहरुले आनन्द लिएका हुन् । राजवंशी समाज विकास महिला समिति बाह्रदशीले १५ सयभन्दा बढीलाई माछासँगै भक्का खुवाएको छ । भक्का दिवसको अवसरमा कार्यक्रम गरी डेढ क्वीन्टल चामलको भक्का खुवाइएको आयोजक संस्थाकी अध्यक्ष सिर्जना राजवंशीले बताइन् ।भक्का पकाउन १५ जना महिला खटिएका थिए । त्यस्तै ८० केजी माछा पकाएर भक्कासँगै खुवाइएको उनले जानकारी दिइन् । राजवंशी जातिमा भक्का र माछा खाने चलन रहेको छ । राजवंशी समाज विकास समिति बाह्रदशीको सामुदायिक भवन बन्न लागेको ठाउँ वडा नं ३ स्थित घाटोसरी घाट, घाग्रा छेउमा कार्यक्रम आयोजना गरिएको थियो । भक्का खानेहरुको विहानैदेखि भीड लागेको थियो । भक्का खानका लागि जनप्रतिनिधि , राजनीतिक पार्टीका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , कर्मचारी , सर्वसाधारण सहभागी भएका थिए ।
आयोजक संस्थाकी अध्यक्ष सिर्जना राजवंशीको अध्यक्षता एवं बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रत्नाकुमारी राजवंशी , वडाध्यक्ष भुपेन्द्र कट्वाल, नेकपाका तोयानाथ पोखरेल , नेपाली कांगे्रसका पूर्व जिल्ला सचिव दयानन्द गोस्वामी , राप्रपाका पीवी कट्वाल, महिला संजाल अधयक्ष रेनुका भुर्तेल , आदिबासी जनजाति महासंघका अध्यक्ष दिलबहादुर नेम्बाङलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडाध्यक्षहरु शम्भुसिंह राजवंशी , वीरेन्द्रप्रसाद राजवंशी , समीम मिया शिक्षासेवीहरु रामकुमारसिंह राजवंशी , खड्गनारायण राजवंशी ,देवेन्द्र चौलागाई , नेकपाका लक्ष्मण पाठक ,नेपाली कांगे्रसका रामप्रसाद दुलाल , समाजसेवीहरु बलराम डाँगी , कुमार दाहाल ,वीरबहादुर राजवंशी ,राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य पर्शुराम राजवंशी , गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मी, इन्जिनियर नारायणप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष पद्मा राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रको संचालन हेम राजवंशीले गरेका थिए । त्यसैगरी भक्का दिवसको अवसर पारेर कोचिला गाभुर फ्रन्टले पनि बिर्तामोडमा कार्यक्रम गरेको थियो ।