बिर्तामोड , पुष २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बिर्तामोडमा विरोध प्रदर्शन र सभा गरेको छ ।

ओलीले गरेको असंवैधानिक , अलोकतान्त्रिक कदम खारेज गर्न सहभागीहरुले माग गरेका थिए । अतिथि सदनबाट शुरु भएको र्याली मुक्ति चोक परिक्रमा गरी इलाका प्रहरी कार्यालय अगाडि सभामा परिणत भएको थियो । सभामा पार्टीका केन्द्रीयकारिणी सदस्य रकम चेम्जोङ , डम्बर खतिवडा , मनिष सुमन , केन्द्रीय सदस्यहरु विश्वनाथसिंह राजवंशी ,नित्यानन्द ताजपुरिया, राधा कार्कीलगायतले संबोधन गरेका थिए । जिल्ला अध्यक्ष अनुतसिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का अध्यक्ष दिपेनवाला राईले स्वागत गरेका थिए । कार्यक्रमको संचालन गौरीमान राईले गरेका थिए । जनता समाजवादी पार्टीले देशव्यापी विरोध कार्यक्रम शुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्