बिर्तामोड , माघ १ । झापाको बिर्तामोड–१० स्थित सिद्धार्थ शिक्षा सदन अंग्रेजी स्कूललाई व्हाइट बोर्ड प्रदान गरिएको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अल इन वान क्लबका अध्यक्ष कृष्ण तामाङले विद्यालयका प्रिन्सिपल रुपनारायण मुखियालाई दुईवटा मार्कर र व्हाइट बोर्ड हस्तान्तरण गरेका हुन्।
दाता तामाङले नानीहरुको भविष्य निर्माणमा केही सहयोग पुगोस् भनेर आफूले सानो सहयोग गरेको बताए। विद्यालयका सहायक प्रिन्सिपल मन्दिर शाहीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रबन्धक कल्पना शाही, अल इन वानका सदस्य गुञ्जन जबेगूलगायतको उपस्थिति रहेको थियो। प्रिन्सिपल मुखियाले अप्ठ्यारो परिस्थितिमा विद्यालयलाई सहयोग गरेकोमा दाता तामाङलाई धन्यबाद दिएका थिए ।