भद्रपुर , माघ १ । झापाको महेशपुरमा “गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मुल नाराका साथ छैठौ राष्ट्रिय योग दिवस सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय झापा तथा आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी झापाको संयुक्त आयोजना तथा पतन्जली योग पिठको संयोजनमा आज सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले गरेका थिए ।
प्रमुख अतिथि पोर्तेलले योग अभ्यासले मानव शरिरका सम्पूर्ण अंगहरु सकृय रहने भएकोले योग गर्न आबश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका बैध निरिक्षक मनोज पण्डितको संचालनमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ तथा योग प्रशिक्षक कैलाश डाँगीले योग अभ्यासका बारेमा प्रशिक्षण दिएका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिलकुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा झापाका ३ वटै सुरक्षा निकायका प्रमुख , प्रतिनिधिलगायत योग प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्