मेचीनगर, माघ १ । मेचीनगरमा अर्को अनलाइन मिडिया थपिएको छ ।

पछिल्लो पटक हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको हो । विगत ६ महिनाअघिदेखि मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहने गरी सञ्चालनमा रहेको अनलाईनको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अनलाइनको वेभसाइट खोलेर उद्घाटन गरेका हुन् ।
नगरप्रमुख आचार्यले समाजमा लुकेका र सम्बन्धित निकायको ध्यान नपुगेका समाजका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिए ।

हब डिजिटल मिडिया प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा उपप्रमुख मीना पोखरेल उप्रेती ,नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवाहक अध्यक्ष एकराज गिरी, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष दिलीप सुवेदी, जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटालगायतले बोलेका थिए ।
प्रालिका प्रवन्ध निर्देशक सुजन प्रधानले सञ्चालन गरेको कार्यक्रममा प्रधान सम्पादक चेतनाथ गौतमले अनलाईनको विगत वर्तमान र भविष्यका बारेमा प्रकाश पारेका थिए भने सम्पादक लक्ष्मी उप्रेतीले शब्दमार्फत स्वागत गरेका थिए। हाल मेचीनगरमा आधा दर्जनजति अनलाइन मिडिया संचालनमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्