भद्रपुर, माघ २ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधन गर्दै नगरक्षेत्रका ५ वटा विद्यालयका सञ्चालकले सहमति गरेका छन् ।

युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै भद्रपुर ६ मा रहेको डोल्मामेमोरियल इङ्गिलस स्कुलका संस्थापक– प्रिन्सिपल अरूण बस्नेत, मोर्डन अंग्रेजी माविका संस्थापक– प्रिन्सिपल मंगल थापा मगर, ब्राइट स्टार अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरी, भद्रपुर ७ स्थित हिमालयन अंग्रेजी माविका संस्थापक– प्रिन्सिपल सुरज सापकोटा र भद्र्रपुर २ स्थित शिखर शिशुसदनका संस्थापक– प्रिन्सिपल प्रज्वल खड्काले ऐक्यबद्धता जनाएका हुन् ।
पहलो चरणमा २०७७ मंसिरसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक भुक्तानी गरेर उनीहरुले इस्टुको पहिलो माग सम्बोधन गरेका हुन् । उनीहरूले अन्य माग पनि क्रमश पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्