कुमरखोद , माघ २ । झापा गाउँपालिकाका किराँत समुदायले नयाँ वर्ष एल्ले तङवे ५०८१ हर्षोल्लासका साथ मनाएका छन् । किराँत समुदायले माघ महिनामा नयाँ वर्ष मनाउने पराम्परा रहेको छ ।


किराँत याक्थुङ चुम्लुङ वडा नं १ र २ को संयुक्त आयोजनामा सितुमारीमा रहेको किराँत मन्दिरमा नयाँ वर्ष एल्ले तङवे ५०८१ मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ्गका वडा समिति अध्यक्ष इन्द्रकुमार लिम्वुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायाण शाह र विशिष्ट अतिथि उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेका थिए । अध्यक्ष शाहले नेपालमा संघीयता आएका कारण सम्पूर्ण जातजातिले आप्mनो धर्म सँस्कृति बचाउन पाएको बताए । ‘संघीयता आएकै कारणले सवै जातजातिले आप्mनो धर्म सँस्कृतिअनुसार काम गर्ने कानुनी अधिकार पाएका छन्’ उनले भने , ‘कुनै पनि जातजातिको धर्मलाई विभेद गरिनु हँुदैन ।’ उनले किराँत याक्थुङ चुम्लुङ मन्दिरलाई झापा गाउँपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । त्यसैगरी उपाध्यक्ष वुढाथोकीले यो किराँत याक्थुङ चुम्लुङलाई वडास्तरीयमा मात्र सीमित नगरीकन गाउँपालिकास्तरीय बनाउन जोड दिइन् ।

किराँत याक्थुङ चुम्लुङ वडा सचिव रेनुका शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशेष अतिथिहरु वडा अध्यक्षहरु राजकुमार यादव , नेत्रबहादुर खड्का , गजेन्द्र ताम्ली , माधव पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी टाँघनडुब्बा विओपीका इन्स्पेक्टर सचिन प्रधान , ईलाका प्रहरी कार्यालयका सई खड्गबहादुर गिरी , असई हरि थापा ,कौशल गणेश, कुमार गणेश , टेकबहादुर कार्की , राजकुमार कोच , सन्त निरौला, कृष्णप्रसाद गणेश , हिमाल चम्लागाई , मोहन कार्की , छत्तरसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राम लिम्वुले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्