भद्रपुर , माघ २ । प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हाल्न सानुराम भट्टराई आइपुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय , प्रहरी महाशाखा टंगालबाट भट्टराई आएका हुन् । उनले झापामा रहँदा आफ्नो कार्यकालमा लागुऔषध नियन्त्रण र रोकथामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
कार्यालय परिसर चन्द्रगढीको सभाहलमा शुक्रवार आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टराईले भविष्यको राष्ट्रिय सम्वाहकको रुपमा चिनिएका युवा वर्ग नै लागुऔषध दुव्र्यसनीमा फसेको बताए ।

प्रमुख भट्टराईले जिल्लाका आमनागरिक तथा सञ्चारकर्मीको सल्लाह तथा सुझावबमोजिम मानव बेचविखन, चोरी तस्करी नियन्त्रणलगायतका समाजमा हुने गरेका आपराधिक कार्यको नियन्त्रणमा प्रहरी अहोरात्र खटिने बताए ।

प्रहरीले कहिल्यै पनि राजनीतिक दवावमा रहेर काम नगर्ने बताउँदै उनले कानुनबमोजिम पीडितलाई न्याय र पीडकलाई कारवाही गरेरै छाडिने समेत विश्वास दिलाए । उनले प्रहरी आचरणमा सुधार गर्न आवश्यक रहेको बताउँदै जनचाहनाविपरित काम गर्ने प्रहरीलाई कारवाही गरिने पनि बताए ।कार्यक्रमको सहजीकरण प्रहरी नायव उपरीक्षक राकेश थापाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्