मोरङ , माघ २ । नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् ।

यसका लागि नेत्रविक्रम चन्द विप्लवको समूहसंग छलफल भइरहेको भन्दै उनले सवै क्रान्तिकारी कम्युनिष्टबीच मोचाबन्दी गरी संघर्ष गरिने बताए ।
शुक्रबार मोरङको बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अबको आवश्यकता जनगणतन्त्र रहेको बताए । यसका लागि शान्तिपूर्ण संघर्ष गर्दै अघि बढ्ने र त्यसबाट सम्भव नभए बलप्रयोग गरेर भएपनि संघर्ष गर्ने बताए । पत्रकारहरुको जिज्ञासामा महासचिव वैद्यले दुई तिहाईको सरकार चलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्दैमा कम्युनिष्ट आन्दोलन कमजोर र असफल नहुने जिकिर गरे ।


उनले कम्युनिष्टहरुले संसदीय व्यवस्था नमान्ने तर बिचलित भएर जानेहरु कम्युनिष्ट नहुने बताए । फरक प्रसंगमा उनले मोर्चाबन्दीका नाममा प्रधानमन्त्री केपी ओलीसँग बदला लिनकै लागि पुष्पकमल दाहाल प्रचण्डलाई नसघाउने बताए । प्रतिनिधिसभा विघटनको प्रसंगमा महासचिव वैद्यले नेकपाभित्रको पद र प्रतिष्ठाको अहम्ताले प्राप्त उपलब्धि समाप्त भएको बताए । प्रतिनिधिसभा विघटन गर्नु मुर्खता भएको टिप्पणी गरेका उनले भने, ‘प्रतिनिधिसभा विघटन हुनु भनेकै लोकतन्त्र र संविधानको असफलताको प्रतिक हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्