दमक , माघ ३ । सरकारको असंबैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले आज देशभरका पालिकाहरुमा पालिकास्तरीय विरोध कार्यक्रम गरिरहेको छ ।

सो क्रममा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयबाट शुरु गरेको सांकेतिक रेलसहितको विरोध प्रदर्शनमा नगरस्थित नेता कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी थिए ।
प्रदर्शनपछि दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेकाले जनताका अधिकार कुण्ठित हुनुका साथै लोकतान्त्रिक व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरे । सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसदको असमयमै अवसान गराएको जिकिर गरे ।

कांग्रेस झापाका पूर्वसभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा कांग्रेस विधि र नीतिमा अडिग रहेको नेता शर्माले उल्लेख गरे । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्टलगायतले पनि धारणा राखेका थिए । सो विरोध कार्यक्रम पार्टीका नगर सचिव प्रकाश प्रसार्इँले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्