बिर्तामोड, माघ ३ । बिर्तामोडको पुरानो भद्रपुर रोडमा राखिएका ‘स्पीड ब्रेकर’ले दुर्घटना न्यूनीकरणभन्दा दुर्घटना निम्त्याउने गरेको छ ।

बिर्तामोडदेखि बिर्ताबजार जाने करिव डेढ किलोमिटर लामो सो सडकमा सय मिटरको दुरीमा ७ ठाउँमा ‘स्पीड ब्रेकर राखिएको छ । बाक्लो र अग्लो स्पीड बे्रकरका कारण बढी साना सवारीहरु दुर्घटनाको जोखिममा परेका छन् । दुई पांगे्र मोटरसाइकल , स्कुटी र साइकललाई सो ब्रेकर पार गर्न गाह्रो हुने गरेको छ ।

जनप्रतिनिधिको रोहवरमा स्थानीयहरुले सवारी ऐनविपरित स्पीड बे्रकर राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बे्रकरकै कारण धेरै जनाको ज्यान गएकाले सरकारले स्पीड बे्रकर राख्न नपाइने नियम बनाएको छ । मुख्य राजमार्ग र भित्री सडकहरुमा पनि स्पीड बे्रकर राख्न पाइदैन । यस्ता स्पीड बे्रकरले दुर्घटना न्यूनीकरणभन्दा दुर्घटना बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनले स्पीड बे्रकरले कतिपयको ज्यान समेत गएको घटना रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले सडकमा स्पीड ब्रेकर राख्न नपाइने नियम भएपनि स्थानीयले वडा कार्यालयसँग समन्वय गरेर राखेको हुनसक्ने बताए । दुर्घटना न्यूनीकरण भन्दै राखिएका त्यस्ता ‘स्पीड ब्रेकर’ का कारण दैनिकजसो दुर्घटना हुने गरेको गुनासा आउन थालेका छन् । बिर्तामोडको पुरानो भद्रपुर रोड व्यस्त सडकको रुपमा रहेको छ । सघन शहरी विकास कार्यालयले सो सडकमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । आधाभन्दा बढी सडक कालोपत्रे गरिसकिएको छ भने बाँकीमा पनि कालोपत्रे गर्ने कार्य भइरहेको छ । अत्यधिक दुर्घटना बढेपछि सडक विभागसँग अनुमति लिएर मात्र स्पीड बे्रकर राख्न पाइने नियम छ । तर , स्थानीयले सडक विभागसँग अनुमति लिएका छैनन् । सवारी ऐनमा स्पीड बे्रकर राख्न पाउने नियम नरहेको पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकका इन्जिनियर अनुप साउदेनले बताए । उनले त्यस सडकमा स्पीड बे्रकर राख्न आफूहरुसँग कुनै अनुमति नलिइएको स्पष्ट पारे । ‘आफूखुशी र मनोमानी ढंगले स्पीड बे्रकर राख्न पाइदैन ’ उनले भने , ‘त्यसको पनि प्रक्रिया पु¥याएर मापदण्ड अनुसारको स्पीड बे्रकर राख्न पर्नु पर्ने हुन्छ ।’ उनले स्पीड बे्रकर जहीतही नराखेर आबश्यक ठाउँमा मात्र एउटासम्म राख्न सकिने जानकारी दिए । स्पीड बे्रकर कस्तो हुनु पर्छ भन्ने काँकरभिट्टामा एशियन हाइवेअन्तर्गत बाहुन्डाँगी जाने बाटोमा हेर्न इन्जिनियर साउदेनले सुझाव दिए । चौडाइ भएको , धेरै अग्लो नभएको र स्पीड बे्रकर भनेर स्पष्ट रुपमा देखिने चिन्ह त्यसमा हुनु पर्ने उनको भनाइ छ । केही वर्षअघि गरामनीमा स्थानीयले आफूखुशी बाक्लै स्पीड बे्रकर राखेका थिए । दुर्घटना बढेपछि त्यसलाई जिल्ला प्रशासन कार्यालयले हटाएको थियो ।

के हो ‘स्पीड ब्रेकर’ ?
सामान्य भाषामा ‘स्पीड ब्रेकर’ भनिने सडकका विभिन्न स्थानमा सवारी साधनको तीव्र गति कम गराउन निर्माण गरिएका ऊँटको ढाडमा हुने उठेको डल्लो जस्तो ब्रेकरलाई ‘स्पीड हम्प’ भनिन्छ । यसलाई नेपालको ट्राफिकको भाषामा ‘उठेको बाटो’ भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्किङस्थल, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, हाउजिङ क्षेत्रमा रबरको सामान्य ब्रेकर राखिने प्रचलन रहेको छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार स्पीड ब्रेकरको उचाई २.२ वा २.५ इन्च सम्मको राख्न पाइन्छ । तर, नेपालमा टोल सुधार समितिको आग्रहमा सडक विभागले जुनसुकै सडकमा पनि ब्रेकर निर्माण गरिदिएको पाइन्छ । नेपालमा ८ देखि ९ इन्च उचाई र २० फिट चौडाईसम्मको स्पीड ब्रेकर निर्माण गरिएका छन् । नेपालमा दुई प्रकारका स्पीड ब्रेकर निर्माण भएका छन् । एउटा सडक विभागले सडक पिच गर्ने समयमा निर्माण गरेको छ भने अर्को स्थानीयले ढलान गरेर निर्माण गरेका छन् । नयाँ र राम्रो पिच बाटोहरुमा जथाभावी निर्माण गरिएका स्पीड ब्रेकर मान्यताविपरीत रहेका छन् ।
नेपालमा सामान्यतयाः सवारी साधनको तीव्र गति नियन्त्रण गरी दुर्घटना नहोस् भन्नका लागि विभिन्न टोलटोलमा र सार्वजनिक सडकहरुमा जथाभावी छ्याप्छ्याप्ती स्पीड ब्रेकरहरु राख्ने गरिएको छ ।

‘स्पीड ब्रेकर’ का कारण दुर्घटना
तीव्र गति नियन्त्रणका लागि निर्माण गरिने स्पीड ब्रेकरका कारण दुर्घटना भएका थुप्रै उदाहरणहरु छन् । प्रहरी सहायक निरीक्षक खड्काले स्पीड ब्रेकर दुर्घटनाको प्रमुख कारण रहेको समेत जिकिर गरे । उनले स्पीड ब्रेकर दुर्घटना न्यूनीकरणका लागि नभई मान्छे मार्ने छेकबार मात्रै भएको दावी समेत गरे ।
– एक सुरमा चलाइरहेको सवारी साधन एक्कासी स्पीड ब्रेकरमा ब्रेक समाउँदा पनि दुर्घटना हुने र नसमाउँदा पनि सवारी साधन उफ्रिएर सडकमा नै बजारिने गरेका छन् ।
– स्पीड ब्रेकरमा एक्कासी ब्रेक लगाउँदा दुई पांगे्रे सवारीको पछाडि बस्ने व्यक्तिको मेरुदण्डको हड्डी भाँच्चिने सम्भावना हुन्छ ।
– स्पीड ब्रेकरको अनावश्यक उचाइका कारण कारको तल्लो भागले स्पीड ब्रेकर छुने र स्टेरिङ नियन्त्रणबाहिर जाँदा अन्य सवारी, पैदल यात्री वा सडकका भित्ताहरुको ठोक्किने गर्छन् ।
– स्पीड ब्रेकरमा अचानक ब्रेक लगाउँदा गाडीको पछाडि सिटमा बस्नेहरु हुत्तिएर दुर्घटना हुने गर्छ ।
– समथर सडकमा चलाइरहेको सवारी साधन अचानक उठेको बाटो देखेपछि तुरुन्तै ब्रेक लगाउँदा पछाडि रहेको सवारी साधनसँग ठोक्किने सम्भावना हुन्छ ।
– एम्बुलेन्स, दमकल लगायतका इमरेजेन्सी काममा कुद्ने सवारी साधनहरु स्पीड ब्रेकरमा दुर्घटना भई बिरामीको मृत्यु हुने वा अन्य ठूला दुर्घटना हुने जोखिम बढ्छ ।
– ब्रेकर छलेर बांगो पारेर सडकमा सवारी चलाउँदा विपरीत दिशाबाट आएको सवारीले ठक्कर दिँदा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेको छ ।

– रातिको समयमा कुद्ने भारी मात्रामा सामान लोड भएका टिपर, ट्रकहरु स्पीड ब्रेकर देखेर अचानक गति कम गर्दा रोकिँदा रातिको समयमा अत्यधिक ठूलो आवाज आउँदा स्थानीयमा त्रास बढाउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्