झापा , माघ ४ । नेकपाको प्रचण्ड–नेपाल समूहले झापाको ३ नं क्षेत्रमा युवाहरुको क्षेत्रीय संघर्ष समिति निर्माण गरेको छ ।

हिजो भद्रपुरको कमलधापमा भएको राष्ट्रिय युवा संघ नेपाल झापा ३ नम्बर क्षेत्रको भेलाले संघर्ष समिति बनाएको हो । हरि बस्नेत “चट्टान“ संयोजक रहेको २०१ सदस्यीय संघर्ष समितिको सहसंयोजकमा हेडम्बर निरौला र दिपेश राजवंशी रहेका छन् । त्यस्तै भद्रपुर संयोजकमा बुद्धिमान लिम्बू, सहसंयोजक खिलाराज पाण्डे, कचनकवल संयोजक श्याम घिमिरे, सहसंयोजक देवकुमार राजबंशी, हल्दिवारी संयोजक गणेश मगर, सहसंयोजक बिनोद बाँस्कोटा, बाह्रदशी संयोजक फणिन्द्र कटवाल, सहसंयोजक मानबहादुर प्रधान रहेका छन् ।

नेकपा झापा जिल्ला कमिटी सचिव विजय साम्पाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेताहरु पूर्णसिंह राजवंशी , हिक्मत घिमिरे , पुष्प पोखरेल , धर्मराज शिवाकोटी ,युवा नेता दधिराम रिमाललगायतले बोलेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओेलीको प्रतिगमनकारी कदमको सशक्त प्रतिकार गर्ने चेतावनी दिए । मानबहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रम हेडम्बर निरौलाले संचालन गरेका थिए । वनभोजसहितको त्यस कार्यक्रममा केन्द्रीय नेतृ रामकुमारी झाक्री आउने कुरा थियो । मौसम प्रतिकुलताका कारण उनी आउन नसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्