भद्रपुर, माघ ४ । सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षमा खिलनाथ पाण्डे निकाश निर्विरोध चयन भएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरका सचिवसमेत रहेका पाण्डे भद्रपुर जेसीजको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।विभिन्न सामाजिक संघसंस्थामा आबद्ध पाण्डेले भद्रपुरको समृद्धिका लागि युवा शक्तिको सोच परिचालन अपरिहार्य रहेको धारणा राख्दै समाज सेवामा भद्रपुर जेसीजलाई कृयाशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी भद्रपुर जेसीजको २ कार्यकारी उपाध्यक्षका लागि रमेश कार्की, युवराज ढकाल, आरिफ अली र रमेश लुइटेल प्रतिष्पर्धामा उत्रिएका छन् भने ४ उपाध्यक्षका लागि ५ जना मैदानमा रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्