दमक, माघ ४ । आफनो जन्मदिनको अवसर पारेर अमेरिका बस्दै आएका डम्बर विश्वले दमक २ स्थित हाम्रो बाल आश्रमलाई ११ हजार मूल्य बराबरको भौतिक सामग्री दिएका छन् ।

दमकको वेलडाँगी भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका विश्वले आफनो जन्मदिनलाई फरक किसिमले मनाउँदै आश्रमलाई चाहिने उपभोग्य सामानहरु दिएका हुन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा त्यसलाई समाजपयोगी कार्यमा लगाएर सहयोग पुर्याउन आफूले त्यस किसिमको सहयोग गरेको उनले बताए ।

ती सहयोग आज आश्रम पुगेर सामाजिक अभियानकर्मी काजी राउत र पदम अधिकारीले हस्तान्तरण गरेका छन् । राउतका अनुसार दातामार्फत उपलव्ध सहयोग रकमबाट आश्रममा चाहिने स्वास्थ्य सरसफाईसहित भान्साको लागि उपभोग्य सामग्रीहरु खरिद गरी प्रदान गरिएको थियो ।
विश्वले अघिल्लो सालको जन्मदिनमा पनि दमक ४ मा रहेको रत्न जेष्ठ नागरिक बृद्धाश्रमका वृद्धबुद्धाहरुलाई न्यानो कपडा, खाद्यान्न तथा फलफूल वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्