कुमरखोद,माघ ५ । २० औं सशस्त्र प्रहरीे दिवसको सन्दर्भ पारेर झापा गाउँपालिकाका जनप्रतिनिधिहरुले सोमबार झापा बजारको सरसफाई गरेका छन् ।

सो अवसरमा इलाका प्रहरी कार्यालय कुमरखोदले आयोजना गरेको सरसफाई कार्यक्रमअन्तर्गत जनप्रतिनिधिहरुले गाउँपालिकास्थित झापा बजारको सरसफाई गरेका हुन् । त्यसक्रममा गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित वडा अध्यक्षहरु राजकुमार यादव, नेत्रबहादुर खड्का, न्यायिक समिति सदस्य राजकुमार कोचलगायत सहभागी थिए ।
उनीहरुले झापा बजारस्थित वाणिज्य बैंक अगाडि रहेको फोहोरको डंगुर र बजार आसपासका फोहोरलाई फ्याँकेर बजार क्षेत्रलाई सफासुग्घर बनाएका छन् । बजारको सरसफाई गर्दै आएका कर्मचारीहरुले फोहोरहरु संकलन गरी वाणिज्य बैंकको २५ मिटर पश्चिममा फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट बनाएका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको गाउँस्तरीय समिति संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष साहको अध्यक्षतामा सरसफाई कार्यक्रम भएको थियो । सो अवसरमा अध्यक्ष साहले विकास निर्माण कार्यसँगै गाउँ, टोल, मठमन्दिर, बजारलगायतको सरसफाई गर्दा वातावरण स्वच्छ र हराभरा हुने भएकाले यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

उनले सरसफार्ईमा प्रत्यक्ष रुपमा सहभागी भई सहयोग गर्ने इलाका प्रहरी कार्यालय कुमरखोद, सशस्त्र प्रहरी बल टाघनडुब्बा, बजार व्यवस्थापन समिति र व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
झापा बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवालको सक्रियतामा भएको सरसफाई कार्यक्रमका लागि आवश्यक मास्क, कुचो, बेल्चा, फोहोर फ्याँक्नका लागि ट्रयाक्टर उक्त समितिले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्