कुमरखोद , माघ ५ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले रोजगार सेवाकेन्द्रको उद्घाटन गरेका छन् ।

वडा नं २ सानो माई खोलामा बनेको झोलुङ्गो पुलको वाँधवाट सोमबार काम शुरु गरी झापा गाउँपालिका अध्यक्ष शाहले प्रधानमन्त्री रोजगार सेवाकेन्द्रको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।
वडा नं २ का वडा अध्यक्ष नेत्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाह र विशिष्ट अतिथि उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेका थिए । अध्यक्ष शाहले यो प्रधानमन्त्री रोजगार सेवा केन्द्रवाट झापा गाउँपालिकाभरिका अतिविपन्न परिवारका सदस्यहरुले प्रत्यक्ष रोजगार पाउने बताए । उनले पालिकाभरि ७ वटै वडालाई समेटेर १ सय जनाले १ सय दिन रोजगार पाउने जानकारी दिए । न्याय समिति सदस्य राजकुमार कोचले संचालन गरेको कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका झापा गाउँपालिका संयोजक राजु उराव , प्राविधिक सुमन उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्