कुमरखोद , माघ ५ । कतारमा सडक दुर्घटनामा परी एक झापालीको मृत्यु भएको छ।

दुर्घटनामा परी झापा गाउँपालिका–३ कामाटोली बजारमा स्थायी घर भएका ४३ वर्षिय पशुपति शाहको मृत्यु भएको हो ।
झापाली टाइगर नामले परिचित शाह ८ वर्षअघि कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे । उनको शुक्रबार राति मृत्यु भएको कतारमा रहेका साथी रोशन सापकोटाले घरपरिवारलाई जानकारी दिएका छन् ।
उनका श्रीमती र दुई छोरा छन् । उनको निधनको खबरले पुरै गाउँवासी शोकमग्न बनेका छन् ।