झापा , माघ ६ । मोरङको सुनवर्षी नगरपालिका ९ स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुँदा ५ जना विद्यार्थी घाइते भएका छन् ।

बिराटनगर–उर्लाबारी सडकखण्डअन्तर्गत भेडुवा थाननजिकै बिहान ६ बजे डाइनियाबाट रंगेलीतर्फ विद्यार्थी लिएर आउँदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिलेण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित भई पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने १७ वर्षिया रेजिना घिमिरे, १६ वर्षिया श्रद्धा भट्टराई, १६ वर्षिया मनिषा राजवंशी, १६ वर्षिया निसा ताजपुरिया र १६ वर्षिय बिशालकुमार मण्डल घाइते भएका हुन् ।
घाइतेहरुलाई मकालु अस्पताल विराटनगरतर्फ उपचारको लागि पठाएको प्रहरीले जनाएको छ । बस चालक रतुवामाई ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मा ईलाका प्रहरी कार्यलय रंगेलीको नियन्त्रणमा रहेको जनाइएको छ ।