भदपुर , माघ ६ । भद्रपुर नगरपालिका वडा नं. ५ को झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आज दिउँसो आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।

सोही ठाउँका रामचन्द्र सहनीले संचालन गर्दै आईरहेको कपास फ्याक्ट्रीमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी आई अचानक आगलागी भएको थियो । आगलागीबाट कपास पेल्ने मेसिन र ५७ बोरा तयारी कपास पूर्णरुपले जलेर नष्ट भएको छ । आगलागी स्थानीय ,प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्