बिर्तामोड , माघ ७ । ट्रिपरको ठक्करबाट देवी मावि बिर्तामोडमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

हिजो बिहान ५ः२५ बजे विद्यालय पैदल आउँदै गर्दा देवी माविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिया अन्सु शिवाकोटी र वर्ष १८ कै राहुल बस्नेतलाई चन्द्रगढी– चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नं को ट्रिपरले ठक्कर दिएको थियो । घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल भर्ना गरिएको थियो । मेचीनगर १३ चारआलीका सागर शिवाकोटीकी छोरी अन्सुको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेको थियो । त्यस्तै राहुलको हात र खुट्टामा चोट लागेको छ । उनको बिएण्डसीमै उपचार भइरहेको छ । दुर्घटनापछि ठक्कर दिने ट्रिपर र ट्रिपर चालक भद्रपुर नगरपालिका वडा ९ बस्ने ३२ वर्षिय सुमन ओझालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्