दमक , माघ ७ । लागु औषधसहित झापामा ६ जना पक्राउ परेको भोलिपल्ट फेरि दुई जना पक्राउ परेका छन् ।

गएराति ८ः३५ बजे गौरीगंज गाउँपालिका वडा नं. ७ घर भई दमक नगरपालिका वडा नं. ८ बालुवाटारमा डेरा गरी बस्ने २४ वर्षिय बिनोदकुमार पोद्धार र १८ वर्षिय अजयकुमार पोद्धारलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा कोठामा रहेको खाना पकाउने ग्यासको सिलिन्डरमुनि लुकाई राखेको अवस्थामा २ ग्राम ब्राउन सुगर , सोही कोठाको दराजभित्र लुकाई राखेको कोरेक्स ३ बोतल, नाईकाभेट १७ ट्याब्लेट, नगद एघार हजार,मोबाईल एक सेट बरामद गरी दुबैलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्