भद्रपुर , माघ ७ । ज्यान मार्ने उद्योग मुद्धाका एक फरार प्रतिवादी मुद्धा फैसला भएको ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका ४ बस्ने ३७ वर्षिय पे्रम वाग्ले रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले घरैबाट पक्राउ गरेको हो । वाग्लेलाई झापा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्धामा २०७१ बैशाख ३० गते ६ वर्षको कैद सजाय सुनाएको थियो । घटना भएको मितिबाटै फरार रहेका उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्