भद्रपुर , माघ ७ । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले विभिन्न जातिहरुको संघर्ष समिति निर्माण गर्न थालेको छ ।

यसक्रममा सो समूहले भद्रपुरका विभिन्न जातीय मोर्चाहरुको भेला गराई संघर्ष समिति बनाएको छ । जातीय मोर्चाहरुको बृहत भेलाले पुकार राजवंशीको संयोजकत्वमा २०१ सदस्यीय जातीय मोर्चा संघर्ष समिति बनाएको हो । जसको सहसंयोजकमा सानुकुमार लामा ,सचिव लगन रसाइली र सहसचिव धनबहादुर लिम्बू रहेका छन् ।

नरपति लिम्बुको अध्यक्षता, प्रदेश कमिटी सदस्य श्यामबिर लिम्बुको प्रमुख आतिथ्य एवं अरूण श्रेष्ठ , चन्द्रा श्रेष्ठ , नरेश संजेललगायतको उपस्थितिमा सो संघर्ष समिति गठन गरिएको थियो । कार्यक्रममा श्यामबिर लिम्बु ,चन्द्रा श्रेष्ठ , अरुण श्रेष्ठ , खगेन राजवंशी , लगन रसाईलीलगायतले मन्तव्य राखेका थिए । सानुकुमार लामाको स्वागत रहेको कार्यक्रमको संचालन पुकार राजबंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्