भद्रपुर , माघ ८ । गुप्ताङ्गमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका कमल गाउँपालिका वडा नं. ६ बस्ने २० वर्षिय नवराज भट्टराईलाई मेची पुलमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गमा लुकाई ल्याउँदै गरेको २० ग्राम ब्राउनसुगर बरामद भएको थियो । भट्टराईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्