बुधबारे , माघ ८ । बुधबारे जेसीजले बिहीबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।

आर्थिक रुपमा विपन्न बालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो ।

गडिगाउँ माविमा भएको कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमका संयोजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौला रहेका थिए ।
कार्यक्रममा साहित्यकार भगवती ढुंगेलको विशिष्ट आतिथ्यता रहेको थियो भने बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझी, जनप्रतिनिधि डेगेन्द्र कार्की, शिक्षकहरु बासुदेव न्यौपाने, कृष्णप्रसाद न्यौपाने, घनश्याम आचार्य, सरगम संगीतालयका अम्बिका घिमिरे, श्रद्धा प्रसाई, बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कोषाध्यक्ष मुकेश भट्टराई, वीरता जेसीजका वर्ष २०२१ का उपाध्यक्ष जनक खड्कालगायतको आतिथ्यता थियो ।

विष्णु लामिछानेले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक निरौलाले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रम सम्पन्न गर्न सरगम संगीतालय बिर्तामोडले न्यानो कपडा सहयोग गरेको थियो । २०२१ ले पदभार ग्रहण गरेयता बुधबारे जेसीजको यो पाचौँ कार्यक्रम हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्