बिर्तामोड, माघ ८ । बिर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका बस्नेत र नरेन्द्र बस्नेतले जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग प्रदान गरेका छन् ।

जन्मदिनको अवसर पारेर बस्नेत दम्पत्तीले विहीबार बिर्तामोडस्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोगस्वरुप नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
बस्नेत दम्पत्तीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम र कोषाध्यक्ष ज्योस्ना श्रेष्ठलाई संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय बस्नेत दम्पत्तीले दृढ संकल्प लिएर अघि बढे लक्ष्यमा पुग्न कठिन नहुने उल्लेख गर्दै अक्षयकोषको लक्ष्य बृद्धि गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्