भद्रपुर , माघ ८ । लागुऔषध गाँजा मुद्धाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका ३ बस्ने ३१ वर्षिय राजु ढकाल रहेका छन् । साविक तोपगाछी गाविस ७ बस्ने ढकालले आफ्नै घर कोठाभित्र बोरामा तीन किलो गाँजा लुकाई बेचबिखन गर्दै गरेको बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी २०७४बैशाख २० गते झापा जिल्ला अदालत भद्रपुरमा दाखिला गरेको थियो ।

अदालतको फैसला अनुसार प्रतिवादीलाई एक वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यसअघि २ महिना २६ दिन न्यायिक हिरासतमा बसेको र बाँकी कैद १ बर्ष ३ महिना ४ दिन बेरुजु देखिएको हुँदा फरार रहेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले बुधबार आफ्नै घरबाट पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्