बिर्तामोड , माघ ८ । बिर्तामोडको सिटी सेन्टरमा आइसक्रिम ल्याब क्याफेको स्थापना गरिएको छ ।

आइसक्रिम ल्याव प्रालिले नयाँ तरिकाबाट आइसक्रिम उत्पादन गर्न ल्याव स्थापना गरेको हो । स्वास्थ्यबद्र्धक आइसक्रिम उत्पादन गरेर ग्राहकको प्रत्यक्ष निगरानीमा नाइट्रोजनबाट आइसक्रिम बनाउने नयाँ प्रविधि शुरुवात गरिएको कम्पनीले जनाएको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत र उनका भाइ पल क्रिएसन तथा प्रतिदिन दैनिकका संचालक उमेश राउतले सो ल्याव स्थापना गरेका हुन् ।

विश्व बजारमा अत्यधिक नास्ता र खानपिनको रुपमा रुचाइएको वफलसमेत आफ्नो आइसक्रिम ल्यावमा उपलब्ध रहेको संचालक दिपेन्द्र राउतले बताए । वफलसँगै गोल्डेन मिल्क , पानकेक , फ्रेन्च टोस्ट , इन्डियन स्न्याक्स स्वीट कन , ताजा फ्रुट जुस , पानीपुरी , चाट , चिया , विन कफीलगायतका परिकार उपलब्ध रहने उनले बताए । अन्तर्राष्ट्रिय ब्रान्ड आइसक्रिम ल्यावलाई नेपालमा विधिवत दर्ता गरी फ्रेन्चाइज मोडलमा लगिने दिपेन्द्रले जानकारी दिए । देशभरि फ्रेन्चाइज लिन चाहने व्यवसायीहरुलाई मेशिन , कच्चा पदार्थ र तालिमसमेत यस कम्पनीले दिने उनको भनाइ छ । सो आइसक्रिम ल्यावको नेपालका ख्यातिप्राप्त गायक प्रमोद खरेलले माघ १० गते शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको अर्का संचालक उमेश राउतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्