माई (इलाम) , माघ ९ । समावेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा बिहीबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

माई नगरपालिका हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमको सहयोगमा कन्काई माविमा भएको कार्यक्रममा १५ जना बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।
समावेशी बालबालिकाहरुको सहभागिता रहेको नृत्य प्रतियोगितामा मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्वितीय, निर्जला दर्जी तृतीय, सन्ध्या राई र रितु मगर सान्त्वना भएका थिए ।

कन्काई माविका प्रधानाध्यापक हरिप्रसाद पौड्यालको प्रमुख आतिथ्यता तथा संरक्षक शिक्षक भरत भण्डारीको संयोजन रहेको नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश नगद २ हजार, एक हजार ५ सय, एक हजार र पाँच–पाँच सय प्रदान गरिएको थियो ।

समावेशी बाल क्लवका अध्यक्ष आशिका घिमिरेको अध्यक्षता तथा सचिव सुदिप राईको सञ्चालन रहेको कार्यक्रममा करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, समुदाय संयोजक विमल दहाल, शिक्षक मित्रप्रसाद गौतम, ख्याम लिम्बु, सिबिआरएफहरु चन्द्रकला खड्का, मीनाकुमारी जवेगु, माया लिम्बुलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा फरक क्षमता भएका २ जना बालबालिकाले उत्कृष्ट प्रस्तुति गरेको संरक्षक शिक्षक भरत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्